पोखरामा ब्राउन सुगरसहित ३ जना पक्राउ

पाेखरा | माघ २९, २०८२

पोखरामा ब्राउन सुगरसहित ३ जना पक्राउ

पोखरा:    कास्की प्रहरीले ब्राउन सुगरसहित ३ जनालाई पक्राउ गरेको छ ।

 

पक्राउ पर्नेमा पोखरा महानगरपालिका ११ बस्ने ३० वर्षीय रोशन गुरुङ, अन्नपूर्ण गाउँपालिका ४ स्थायी घरभई हाल पोखरा ११ जनजाग्रिती टोल बस्ने ४४ वर्षीय विश्वास गुरुङ र  म्याग्दी मालिका गाउँपालिका ६ स्थायी घरभई हाल पोखरा ३१ मोहरिया बस्ने ४१ वर्षीय गंगा पुर्जा रहेका छन् ।

 

पोखरा ११ जनजागृती टोलमा लागुऔषध ब्राउनसुगर (खैरो हिरोईन) को कारोबार भइरहेको भन्ने सूचनाको आधारमा नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, लागुऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखरा र वडा प्रहरी कार्यालय रामबजार कास्कीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले गत २६ गते पक्राउ गरेको हो ।

 

उनीहरुको साथबाट लागुऔषध ब्राउन सुगर (खैरो हिरोईन) २४.१५ ग्राम, डिजिटल तराजु १ थान,  र नगद १ लाख ४२ हजार तथा विभिन्न कम्पनीका मोवाईल ४ थान बरामद गरिएको कास्की प्रहरीका प्रवक्ता हरि बहादुर बस्नेतले जानकारी दिए । 

 

उनका अनुसार कास्की जिल्ला अदालतबाट लागूऔषध सम्बन्धी मुद्दामा ५ दिन म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ ।


    
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्